संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस टर्की जाने

-



     सफल आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित



अंकारा १२ बैशाख । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस सोमबार टर्कीको भ्रमणमा जानुहुने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको हो ।

उनले युक्रेनमा जारी रहेको रुसको आक्रमणका विषयमा सो भ्रमणका क्रममा कुराकानी गर्ने भएका छन् । उनले रुस र युक्रेनको पनि भ्रमण गर्न लागेका छन् । त्यस अगाडि उनी टर्की जान लागेकाे समाचारमा जनाइएको छ ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसले सोमबार नै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने बताइएको छ । टर्कीको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग भेट गरी युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्ने बताएको छ ।

युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ ।