सोलु हाइड्राेले साढे १३ करोडको सेयर निष्काशन गर्दै

-



     सफल आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले वैशाख २२ गतेदेखि रू १३ करोड ५० लाख बराबरको १३ लाख ५० हजार कित्ता सेयर निष्काशनको तयारी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० मूल्य अंकित दरको १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । सेयरमा आयोजना प्रभावित सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका जनताले लगानी गर्न सक्नेछन् । लगानीकर्ताले घटिमा १० तथा बढिमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने छन् ।

सेयरमा आवेदन दिने मिति जेष्ठ ५ गतेसम्म रहेको छ । तोकिएको अवधिमा आवेदन नपरे ढिलोमा जेष्ठ १० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले एनमएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक तथा प्राइम कमर्सियल बैंकका सोलुमा रहेका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।