
पोखरा, १३ बैशाख । पोखरा नयाँबजारको पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २०औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले पोखरा—२५, हेम्जा स्थित मानवसेवा आश्रमलाई २५ हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।
संस्थाका उपाध्यक्ष शम्भुराज बास्तोलाले सोमबार आश्रम परिसरमा आयोजित एक समारोहका बीच आश्रमका सञ्चालकलाई उक्त रहयोग रकम हस्तान्तरण गरेका हुन । उनले संस्थाको बार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम जस्तो पवित्र परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । सो कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी लगायत सञ्चालक एवम् सल्लाहकारहरुको साथै आश्रमका सञ्चालकहरु एवम् त्यहाँ आश्रितहरुको उपस्थिति रहेको थियो ।
बि.सं. २०५९ साल बैसाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ४ हजार भन्दा बढी शेयरसदस्य रहेका छन् । कुल १० करोड ४८ लाख शेयरपूँजि रहेको सहकारीले आ.व. २०७७-०७८ मा दुई करोड २९ लाख ६३ हजार खूद मुनाफा आर्जन गर्न सफल भएकोे संस्थाका कोषाध्यक्ष हिरामणि दहालले जनाएका छन् ।
नयाँबजार स्थित आफ्नै भवनमा प्रधान कार्यालय रहेको पोखरा बचतले पोखरा–८, सिर्जनाचोक र अमरसिंहचोक स्थित दुईवटा सेवाकेन्द्रहरुबाट समेत आफ्ना शेयर सदस्यहरुलाई विभिन्न वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ । सदस्यहरुको सुविधाका लागि संस्थाले विभिन्न रेमिटेन्स सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

अर्ब क्लबमा प्रवेश गर्न सफल कास्की जिल्ला भरि कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थाले विगतका वर्षहरुमा विभिन्न विद्यालयहरुमा छात्रवृत्ति, स्टेशनरी, झोला, विद्यालय तथा खेलकूद पोशाक, रक्तदान, भूकम्प एवम् बाढीपहिरो पीडितलाई राहत सहयोग, राष्ट्रिय अविस्कार केन्द्र, मन्दिर एवं गुम्बा जस्ता सामाजिक संघ–संस्थाहरुलाई विभिन्न जिन्सी एवम् आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको र याे बर्षपनि साेकाे निरन्तरता स्वरूप मानवसेवा आश्रमलाई नगद सहयोग गरेकाे संस्थाका नि.अध्यक्ष आश बहादुर गुरुङ्गले सफल आवाजलाई बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




