आईपीओ सूचीकृत नहुँदै समाज लघुवित्त मर्जरमा गयाे

- मर्जरपछिको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था रहने

-



     सफल आवाज    
     असाेज ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ असोज । आईपीओ जारी भएर दोस्रो बजारमा कारोबार हुन बाँकी रहेको समाज लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छ ।

सर्लाहीकाे समाज लघुवित्तले लाहानकाे स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने सम्बन्धमा आज सम्झौता गरेको हो ।

समाज लघुवित्तले भदाै पहिलाे साता आईपीओ जारी गरेकाे थियाे । समाजकाे सेयर सुचिकृत हुन बाँकी नै छ । स्वस्तिकले आईपीओ जारी गरेको छैन । 

दुबै संस्थाले १ बराबर १ स्वाप रेसियोमा मर्जर गर्ने सहमती गरेका हुन । मर्जर पछिको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था रहने बताइएकाे छ ।

मर्जरपछिकाे अध्यक्ष हालका स्वस्तिक लघुबित्तका अध्यक्ष सत्यनारायण झा रहने र सीईओमा समाजका सीईओ किशोरी महतो रहने सहमति भएको जनाइएकाे छ ।