चन्द्रागिरी हिल्सकाे चैतसम्मकाे संचालन मुनाफा ४२ करोड नाघ्याे

-



     सफल आवाज    
     वैशाख १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ वैशाख । चन्द्रागिरी हिल्सको आम्दानीमा सुधार भएको छ । कम्पनीको चालु आर्थिक वर्षको सार्वजनिक भएको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएको वर्षकोभन्दा यसपटक आम्दानीमा सुधार भएको देखिएको छ भने नोक्सानीमा कमि आएको छ ।

कम्पनीको यस आर्थिक वर्षको चैतको अन्तिमसम्म ४२ करोड ३ लाख रुपैयाँ संचालन मुनाफा भएको छ । जो गएको वर्षको सोहि अवधिकोभन्दा १४१.२६ प्रतिशतले बढि हो । गएको वर्ष कम्पनीको नाफा १७ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

चन्द्रागिरीको संचालन मुनाफामा भएको सुधारसंगै नोक्सानीमा कमि भएको छ । चैतको मसान्तसम्म कम्पनीको नोक्सानी २ करोड ९४ लाख देखिएको छ । यो अघिल्लो पटक सोहि अवधिमा १८ करोड ११ लाख रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ७ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रहेको छ । जगेडामा ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।