
काठमाडौं, १६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने आज स्थिर रहेको छ ।

छापावाल सुनमा एकैदिन तोलामा रुपैयाँ १२०० ले बृद्धि भएको छ । चाँदी बिहिबारकै भाउ १ हजार ३२० रुपैयाँमा नै अडिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ १२०० ले बढेर तोलाको ९९ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।
तेजाबी सुन तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




