४७ करोड कमाएको शिखर इन्स्योरेन्सले लाभांश भने नदिने

-



     सफल आवाज    
     असाेज ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ असोज । ४७ करोड रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेको शिखर इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश भने नदिने भएको छ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र७६ को कमाईबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको छ ।

इन्स्योरेन्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७५-७६ को बीमा समितिबाट निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको हो।

त्यस्तै, कम्पनीको २०७६-७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्विकृतिको लागि बीमा समिति समक्ष पेश गर्ने निर्णय गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७५-७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उसले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ।