घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

अघिल्लो कारोबार भएको दिन शुक्रबार एकैदिन रु १२०० ले बढेको छापावाल सुनको भाउ यसदिन तोलामा २०० रुपैयाँले घटेकाे छ । चाँदीमा रु २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ २०० ले घटेर तोलाको ९९ हजार रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन यसदिन तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले घटेर तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।