नेप्से परिसूचक ९.३७ अंकले बढ्यो, १ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असाेज ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ असोज । साताको चौथो दिन नेप्से ९ . ३७ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९ . ३७ अंकले बढेर १ हजार ५५५ दशमलव ५२ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज १ अर्ब ७२ करोड ७८ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समुहमध्ये होटल बाहेक अन्य सबै समुहमा हरियाली छाएको छ ।