
काठमाडौं, ७ असोज । नेपालमा गएको २४ घण्टामा संक्रमित तुलनामा निको भइ डिस्चार्ज हुनेको संख्या बढेको छ ।
बुधबार नेपालमा १ हजार १ सय ७२ जना संक्रमित थपिएकोमा १ हजार ८ सय ९३ जना निको भएका हुन् । पछिल्लो समय गएको २४ घण्टामा संक्रमितको तुलनामा निको हुने ७ सय २१ जनाले बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा ९ हजार ४ सय ४९ पीसीआर परीक्षणसँगै थप १ हजार १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
यस्तै, गएको २४ घण्टामा १ हजार ८ सय ९३ निकोसँगै कुल निको हुनेको संख्या ४९ हजार ९ सय ४९ रहेको छ ।
उनका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २ सय १४ छन् । भेन्टिलेटरमा राखेर ४३ जनाको उपचार भइरहेको छ ।
गएको २४ घण्टामा नेपालमा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संख्या ४ सय ३६ पुगेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



