
पोखरा, ७ असोज । व्यूटीपार्लर खोल्नुपर्ने माग गर्दै व्यूटीसियनहरुले देशभरका सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमा ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले देशका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय सहित स्थानीय निकायमा ज्ञापनपत्र बुझाएको हो ।
युनियन अध्यक्ष सुमन गुरुङले लामो समयसम्म लकडाउन तथा बन्दाबन्दीसँगै सौन्दर्यक्षेत्रमा कार्यरत् स्वरोजगार श्रमिकहरु ठूलो मारमा परेको भन्दै व्यूटीपार्लर खोलेर सेवा संचालनको अनुमति दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिइन् ।
युनियन संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सांसद मीना गुरुङले कोरोनाले हातमा सीप बोकेका सयौं महिला दिदीबहिनीहरुको रोजीरोटी गुम्केको भन्दै यही पेसामै टिकाइराख्न र विस्थापित हुन नदिन सरकारले विशेष सम्बोधन गरिनुपर्ने बताइन् ।
युनियन महासचिव पवी गुरुङले कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आफूहरुले पनि सेवा संचालन गर्न पाउनुपर्नेमा जोड दिइन् ।
यसैबीच, युनियनले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बुधबार ज्ञापनपत्र बुझायो ।

प्रजिअ ढकाललाई युनियन गण्डकी प्रदेशतर्फबाट अध्यक्ष नूर गुरुङ र मेयर जिसीलाई युनियन पोखरा महानगरपालिका कमिटी अध्यक्ष गंगादेवी गुरुङ पुनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा युनियन अध्यक्ष सुमन गुरुङ, महासचिव पवी गुरुङ, प्रदेश इञ्चार्ज संगीता पाण्डे, अध्यक्ष नूर गुरुङ, सचिव लक्ष्मी पौडेल, सदस्य सुष्मा शाह, महानगर अध्यक्ष गंगा देवी गुरुङ पुन, महानगर उपाध्यक्ष मोहनकुमारी राई, सदस्य लेखुमाया राना लगायत उपस्थित थिए ।
युनियन निवर्तमान अध्यक्ष एवं प्रतिनिधि परिषद् प्रमुख पम्फा पहारीका अनुसार सौन्दर्यकला क्षेत्र रोजगारीको लागि एउटा महत्वपूर्ण क्षेत्र रहेको र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ३ लाख जना स्वरोजगार छन् । युनियनअन्तर्गत देशभर करिब ५ हजार र पोखरा महानगरभित्र करिब ४ सय जना सौन्दर्यकर्मी आवद्ध छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण गत ११ चैतदेखि सरकारले अन्य सेवा संचालन छुट दिए पनि व्यूटीपार्लर बन्द गर्दैआएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



