
काठमाडौं, २४ वैशाख । राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवा लिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताएका छन् ।
महासङ्घको स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले मुलुकको शान्ति र स्थायित्वका लागि स्थानीय तहदेखि नै वातावरण बनाउनुपर्ने बताए।
यही वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने नेतृत्वले उद्योग व्यवसायका लागि स्थानीय तहबाटै उचित वातावरण बनाउन सक्ने कार्यसूची भएको पार्टीलाई मतदान गर्नुपर्ने उनको भनाइ थियो ।
तत्कालीन नेकपा (एमाले) को नेतृत्वको सरकारका पालामा तराईमा सशस्त्र द्वन्द्व गरिरहेको सिके राउतको समूह, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलगायतलाई राजनीतिक धारमा आएर मुलुकमा शान्ति स्थापना भएको र मुलुकको दिगो शान्तिका लागि आगामी दिनमा पनि वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
महासङ्घका उपाध्यक्ष बालकृष्ण सिवाकोटीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा स्थानीय तहदेखि नै दिगो विकास र व्यवसायका लागि काम गर्ने नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरे। महासङ्घको सात वटै प्रदेश, ७७ जिल्ला, सबै पालिका र १० वस्तुगत सङ्घमा सञ्जाल रहेको जनाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




