हिमालयन हाइड्रोपावरको सेयरमा आजदेखि आवेदन खुल्ला, कहिलेसम्म दिने ?

-



     सफल आवाज    
     वैशाख २५ गते २०७९ मा प्रकाशित




काठमाडौं, २५ वैशाख । हिमालयन हाइड्रोपावरको आजबाट सेयर निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । कम्पनीले आयोजना क्षेत्रका प्रभवितत जनताका लागि १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर निष्काशन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ मूल्य अंकित दरमा ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्काशन गरेको हो । आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका वडा नं १, २, ३, ४, ६ र ७ का जनताको लागि सेयर निष्काशन गरिएको हो ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले जेठको ८ गतेसम्म आवेदन सदन सक्नेछन् । तोकिएको म्यादसम्म माग बमोजिमको आवेदन नपरे जेठको २३ गतेसम्म आवेदन दिन सकिने छ ।

सेयरमा आवेदन दिनका लागि पोखरा महानगरपालिका लेखानाथस्थित ग्लोबल आइएमई बैंक, न्यूरोड, माछापुच्छ्रे बैंक मादी, मुक्तिनाथ विकास बैंक काहुँखोला, अमरसिंह, बुढीवजार, तथा गरिमा विकास बैंक सभागृहबाट आवेदन दिन सकिने छ । यस्तै गरिमाको शाखा महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जामा रहेको शाखाबाट आवेदन दिन पाईने छ ।

लगानीकर्ताले कम्तिमा १० तथा बढिमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।