
काठमाडौं, २५ वैशाख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार सकारात्मक लयमा गएको छ । लामो सयमसम्म ओरालो लाग्दै आएको सेयर बजारमा आज देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ । तर कारोबार रकममा भने सुधार भएन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढेर ४३६.३५ विन्दुमा पुगेको छ ।
कुल २३३ कम्पनीको सेयर कारोबार भएको छ । ३३ लाख ४१ हजार २१४ कित्ता सेयरको कारोबारबाट १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बैंकिङ र माइक्रोफाइनान्स उपसमूहमा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ११ वटै उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको कारोबार भएको छ । ट्रष्टको ७ करोड ५३ लाख ५९ हजार ४५५ रुपैयाँ बराबरको कारोबार भएको छ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




