
काठमाडौं, २६ वैशाख । चिलिमे जलविद्युत कम्पनीको विजुली बिक्री आम्दानी तथा खुद नाफामा खासै उतारचढाव देखिएको छैन ।
कम्पनीको सार्वजनिक गरिएको यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार विजुली बिक्री आम्दानी र खुद नाफामा सराबरी जस्तो देखिएको छ ।
कम्पनीले यस आर्थिक वर्षको चैत मसान्त्सम्म ५२ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जो गएको वर्षको सोहि अवधिकोभन्दा १.२४ बढि हो । गएको वर्ष यो नाफा सोहि अवधिमा ५१ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
विजुली बिक्री आम्दानी १.७६ प्रतिशत मात्रै बढेको छ । वित्तीय आम्दानी २०.२४ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा संचालन मुनाफा १.५६ प्रतिशत घटेको देखिन्छ भने अन्य आम्दानी ८८.५३ प्रतिशत रहेको छ । कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर ६४ पैसा घटेर १० रुपैयाँ ३१ पैसा कायम भएको छ । खुद नाफामा बृद्धि नहुँदा प्रतिसेयर आम्दानी घटेको देखिन्छ । चैतको अन्तिमसम्म प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३४ पैसा रहेको छ । मूल्य आम्दानी रेसियो २९.४ गुणा रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




