सुनको भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली बजारमा सुनको भाउमा सामान्य बृद्धि भएको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ १०० ले बढेर तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आईतबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९८ हजार १०० रुपैयाँ तोकिई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउमा कारोबार भईरहेको छ ।