
मुग्लिन, ८ असोज । नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि बिहानबाट अवरुद्ध भएको छ । चार किलोमा पहिरो खसेपछि उक्त सडकखण्ड अबरुद्ध भएको हो । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने चार किलोमा गएराति परेको अविरल वर्षासंगै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले राति पहिरो खसेका कारण सडक अबरुद्ध भएको बताए । उनका अनुसार पहिराे हटाउने काम भइरहेकाे छ। निरन्तर भइरहेको वर्षाले नारायणगढ–मुग्लिन सडक खण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



