जेठ १० देखि आईपीओ निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर

-



     सफल आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आइपीओ जेठ १० गतेदेखि बिक्रीमा ल्याउन लागिएको छ । कम्पनीले आयोजना प्रभावित जिल्ला संखुवासभा जिल्लाका जनताका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता रुपैयाँ १०० मूल्य अंकित ५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले कम्तिमा १० कित्ता तथा बढिमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सेयरमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको मितिसम्म आवेदन नपरेको खण्डमा असारको ८ गतेसम्म आवेदन दिन सकिने छ ।

सेयरमा लगानी गर्न चाहनेले लगानीकर्ताले प्रभु बैंक खाँदबारी, ग्लोबल आइएमई बैंक चैनपुर, सिद्धार्थ बैंकखाँदबारी, प्राइम कमर्सियल बैंक खाँदबारी, तुम्लिङटार, सभापोखरी तथा नेपाल बङ्गलादेश बैंकको पाँचखपनमा रहेकाे शाखाबाट आवेदन दिन पाउने छन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।