रु १००० ले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १००० तथा चाँदीमा रुपैयाँ ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रु १००० ले घटेर तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन सेतो धातु चाँदीमा रुपैयाँ ३० ले घटेर तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।