तोलामा रु ८०० ले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ वैशाख । अघिल्लो दिन बुधबार रु १००० ले घटेर कारोबार भएको छापावाल सुनको भाउ साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार रुपैयाँ ८०० ले बढेको छ । यस्तै सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ८०० ले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार २४५ रुपैयाँ कायम भई कारोबार भएको थियो ।