भारी वर्षाको संभावना, सर्तक रहन विभागको अनुरोध

-



     सफल आवाज    
     असाेज ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, असोज ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ देखि कर्णाली प्रदेशसम्म भारी वर्षाको संभावना रहेको बताएको छ । वर्षाको कारण वाढी, पहिरो जान सक्ने संभावना भएकोले सतर्क रहन अनुरोध गरेको छ । हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केहि स्थानहरुमा भारी वर्षा भैरहेको विभागले बताएको छ ।

विभागले आज बिहान मौसम पूर्वानुमान सूचना जारी गर्दै दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रहने बताएको छ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने र सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केहि स्थानहरुमा अति भारी वर्षाको संभावना रहेको छ ।

अधिक वर्षाको कारण धेरै स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।