
काठमाडौं, २ जेठ । नेपालमा पेट्रोलियम पदार्थमा १० रुपैयाँ बृद्धि भएको २ दिपछि भारतीय आयल कर्पोेरेशन आइओसीले पेट्रोलमा प्रतिलिटिर रु ८ बढाएर मूल्यसूची पठाएको छ ।
आइओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेकोमा आज सोमबार पेट्रोलमा प्रतिलिटर रु ८ ले बृद्धि भएको जनाउ दिदैं नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले नेपालमा पठाउने प्रशोधित तेलको मूल्य बढेको आयल निगमले जनाएको छ ।
आईओसीको नयाँ मूल्य अनुसार नेपालमा पेट्रोलको भाउमा प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा ४ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले मट्टितेल र ग्यासको भाउ अहिलेको मूल्यसूची अनुसार नबढेको बताएका छन् ।
निगमले शनिबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेको थियो । पेट्रोलको बजार मूल्य अहिले १७० रुपैयाँ, डिजेल र मट्टितेलको १५३ रुपैयाँ रहेको छ ।
निगमले बढेको मूल्य अनुसारको कारोबारमा पनि अझैं निगमलाई ४ अर्ब घाटा रहेको बताएको छ । रुस र यूक्रेनबीचको युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि उच्च भएको छ ।








काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,… 




