एनएमबि उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ जेठ । एनएमबि बैंकले बिक्रीमा ल्याएको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्रकाे बिक्री खुला गरेको हो।

बैंकले वैशाख २१ गतेदेखि बिक्री खुला गरेकाे १५ वर्षे समयावधि रहेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको सो ऋणपत्रमध्ये प्रतिकित्ता १ हजारको दरले ३५ लाख कित्ता ऋणपत्रबाट २१ लाख कित्ता व्यक्तिगत तवरले बाँडिने भएको छ । बाँकी हुने १४ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । ५ प्रतिशतको दरले ७० हजार कित्ता सामूहित लगानी कोषका लागि रहेको छ ।

१३ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्ने बैंकले जनाएको छ । आवेदन दिन चाहने लगानीकर्ताले घटिमा २५ तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउने छन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।