रिभर फल्स पावरको आइपीओ आवेदन आजसम्म

-



     सफल आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ जेठ । रिभर फल्स पावर लिमिटेडले निष्काशन तथा बिक्रीमा ल्याएको आईपीओमा लगानीकर्ताले आजसम्म मात्रै आवेदन दिन पाउने भएका छन् ।

कम्पनीले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको सो आईपीओको लागि आवेदन पेश गर्ने आज अन्तिम दिन बाँकी रहेको हाे।

कम्पनीले प्रतिसेयर १०० मूल्य अंकित दरको २७ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसबाट ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।