
पोखरा, ८ असोज । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका ९ जनाले ज्यान गुमाएका छन् । साथै १ जना घाइते छन् ।
अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले वालिङ नगरपालिका–१४, तमादीमा ९ जनाको दुःखद निधन भएको हो ।
वालिङ–१४, तमादीकी ४८ वर्षीया माया नेपालीको घरमाथिबाट बिहीबार बिहान ६ बजेतिर खसेको पहिरोमा पुरिँदा मृत्यु हुनेमा उनीसहित २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपार्ली, २१ वर्षीय कुलदीप नेपाली, १९ वर्षीया वीनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली र ७ महिनाका एक बालक छन् ।
पहिरोमा मायाको परिवारका १० जना सदस्य पुरिएकोमा १६ वर्षीया मनीषा नेपालीलाई भने जीवितै उद्धार गरी उपचारार्थ गण्डकी मेडिकल कलेज, पोखरामा उपचारार्थ ल्याइएको छ ।
प्रहरीद्वारा स्थानीयको सहयोगमा पहिरोमा पुरिएकाहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
उता, कालीगण्डकी गाउँपालिका ४, गौतमडाँडाका बाबुराम दमाई र जगतबहादुर दमाइको घरमाथिबाट गएराति करिब ३ बजे पहिरो खस्दा बाबुरामका १६ वर्षीय छोरा विष्णुको मृत्यु भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



