सोमबार सुनचाँदी दरभाउमा भएन फेरबदल

-



     सफल आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार सुनचाँदीको भाउमा कुनै फेरबदल भएको छैन । अर्थात यसदिन सुनचाँदीको भाउ स्थिर रहि करोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको भाउ स्थिर रहेको जनाएको छ । यसअनुसार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा नै कारोबार भएको थियो ।

यसदिन चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार २७० रुपैयाँमा नै कारोबार भएको थियो ।