३४.२१ अंकले घट्यो नेप्से, १ अर्ब ३६ करोड बढीको कारोबार

-



     सफल आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ जेठ। साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार सकारात्मक लयमा जान सकेन । नेप्सेमा आईरहेको लगातारको गिरावटले लगानीकर्ताको मनोवल बढ्न सकेको छैन । कारोबार रकममा पनि उल्लेखनिय सुधार हुन सकेन ।

सरकारले यतिबेला नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । संसदमा आर्थिक वर्ष २०७९/२०८० को वजेटका बारेमा छलफल पनि भएकाे । अर्कोतिर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षापछि कस्तो रणनीति बनाउने हो लगानीकर्ताले त्यसलाइ पर्खिएको अवश्था रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । नेप्सेमा १.५३ प्रतिशतको गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.६९ अंकले बढेर ४२९.०५ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । ३९ लाख १७ हजार ६५५ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ४ करोड १५ लाख ९ हजार २६५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।