पहिरोमा बस पुरिँदा १ जनाको मृत्यु, १७ घाइते

-



     सफल आवाज    
     असाेज ९ गते २०७७ मा प्रकाशित



बुटवल, ९ असोज । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको दाउन्नेमा पहिरोमा बस पुरिँदा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९४० नं. को बस गएराति पहिरोमा पुरिएको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा पश्चिम रुकुमको आठबीसकोठ गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द केसी छन् । दुर्घटनामा घाइते १८ मध्ये हरिषचन्द्रको उपचारक्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकीको उपचार भइरहेको छ ।

सो घटना विनयीत्रिवेणी–२ विश्वकर्मा बाबा मन्दिर नजिकै भएको हो ।