सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने, उपत्यकामा मेट्राे रेलबारे अध्ययन गरिने(लाइभ)

-



     सफल आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित



काठमाडाैं, १० जेठ । सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पूँजीगत खर्च वृद्धि गर्न र विकासका आयोजनालाइ कार्यान्वयनमा ल्याउन नतिजामा आधारित आयोजना व्यवस्थापनसम्बन्धी छुट्टै कानुन तर्जुमा हुने बताइन् । संघीय संसद्को संयुक्त बैठकलाइ संवाेधनकाे क्रममा उनले यस्ताे बताएकि हुन्।

रणनीतिक महत्वका ठूला आयोजनाबाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने भएकाे छ । सार्वजनिक खरिद कानुनमा सुधार तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जाेड्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ।

काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गर्ने

भण्डारीले संसदमा आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गर्ने कार्यक्रम रहेकाे बताएकी छन्। 

विराटनगर सुख्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा रहेकाे बताइन । पूर्व-पश्चिम विद्युतिय रेलमार्ग, रसुवागढी-काठमाडौं र विरगञ्ज-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनमा उनले जाेड दिइन् ।

(लाइभ)