
काठमाडौं, १५ जेठ । सरकारले आज (आइतवार) आर्थिक वर्ष २०७९/८० को राजश्व तथा व्ययको अनुमान (बजेट) सार्वजनिक गर्दैछ । संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्दैछन् ।
चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान सरकारले गरेको छ। संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन ।
सरकारले आगामी ५ बर्षमा व्यापार सन्तुलन गर्ने लक्ष्य लिएको बताएकाे छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि आयातलाइ ३० प्रतिशत कम गर्ने बताए । उनले कृषि उत्पादन बर्षमा दोब्बर निर्यात गर्ने र ५ बर्ष व्यापार सन्तुलन राख्ने लक्ष्य रहेकाे बताए।
आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवास दिलाउने याेजना रहेकाे छ। आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भूमिहीनलाई आवास दिलाउने याेजना सुनाए ।
स्थानीय तहलाई ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा सेयर लगानी गर्न दिइने भएको छ । बजेटमा सरकारको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थालाई पुनर्संरचना गर्ने जनाइएकाे छ । गाउँपालिकाले ५० लाख र नगरपालिकाले एक करोडसम्म लगानी गर्न सक्ने भएका छन् ।
कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बनाउने बताइएकाे छ । कृषि उत्पादन बढाउदै बाँझो जमिनकाे प्रयोग, सबै स्थानीय तहमा कृषि स्नातक कर्मचारीको व्यवस्थापन र प्रत्येक स्थानीय तहमा ३०० जना कृषि स्वयंसेवक राखिने भएकाे छ ।
कृषिमा १० अर्ब विनियोजन
सरकारले संघ प्रदेश र स्थानीय तहको लागत साझेदारीमा हुने कृषि कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ। बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले कृषि कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको बताए ।
किसानलाई पेन्सन : एक अर्ब विनियोजन
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री शर्माले बजेटमा किसानलाई पेन्सन दिने योजना सुनाएका छन् ।किसानलाई आत्मसम्मानका लागि पेन्सन योजना ल्याएकाे बताउँदै किसान हितकोष स्थापना गर्ने याेजना रहेकाे बताए । उनले बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको बताए ।
विदेशी लगानीको न्यूनतम सीमा २ करोड
विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ झारिएकाे छ । यसअघि याे सिमा ५ करोड थियाे । अर्थमन्त्री शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था गरेकाे बताए ।
आर्थिक वर्ष २०७९/८० को राजश्व तथा व्ययको अनुमानित बजेट (लाइभ)








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




