विन नेपाल लघुवित्तको सेयरमूल्य नेप्सेमा समायोजन, साधारण सभा कहिले ?

-



     सफल आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ जेठ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आजबाट नेप्सेमा समायोजन भएको छ । लघुवित्तिको साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बुक्लोज गरिएपछि सेयरमूल्य समायोजन भएर नयाँ मूल्य कायम गरीएको हो ।

लघुवित्तको ९.३३ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन गरिएको छ । समायोजन पछि सेयरमूल्य ९८७ रुपैयाँ ८३ पैसा भएको छ । यो रकम अघिल्लो दिन अन्तिम कारोबार भएको मूल्यको आधारमा समायोजन भएको हो । मंगलरबार अन्तिम मूल्य प्रतिकित्ता १ हजार ८० रुपैयाँ रहेको थियो ।

विन नेपाल लघुवित्तले लाभांश वितरण तथा साधारण सभाको प्रयोजनका लागि जेठ १८ बाट ३१ गतेसम्म बुकक्लोज गरेको बताईसकेको छ । लगानीकर्ताहरु जसले जेठ १७ गतेसम्म नेप्सेमा सेयर कारोबार गरेका छन् उनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि योग्य मानिनेछन्।

विन नेपाल लघुवित्तले आफ्नो सातौं साधारण सभा जेठ ३१ गते सिन्धुपाल्चोकस्थित इन्द्रावति सामुदायिक केन्द्र, फटकशिलामा पूर्वान्ह ११ वजे बोलाएको छ ।

साधारण सभाले ९.३३ प्रतिशत बोनस सेयर तथा यसको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ ।

यसका साथै संस्थापकबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुबाट २ सहित ६ जना संचालक चयन गरिने भएकाे छ । एफपिओ बिक्रीमा ल्याउने, प्रबन्धपत्र संशोधन, अन्य लघुवित्तसंग गाम्भे, गाभिने वा प्राप्तिका लागि कार्य गर्नका लागि त्यसको जिम्मेवारी संचालक समितिलाई दिने लगायतका प्रस्तावहरुलाई पारित गरिनेछ ।