एकैदिन रु ८०० ले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ ८०० ले र चाँदी तोलामा २० रुपैयाँले घटेको जानकारी गराएको छ ।

यसदिन पहे‌लाे धातु छापावाल सुन तोलामा रुपैयाँ ८०० ले घटेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भई कारोबार भईरहेको छ । मंगलबार तेजाबी तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

सेतो धातु चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।