नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

-



     सफल आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ जेठ । लगातार सेयर बजारमा गिरावट भइरहेकाे छ । साताको सेयर कारोबार हुने तेश्रो दिन बुधबार पनि नेपाली सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट आएपछि नेप्से सकारात्मक लयमा जाने अपेक्षा गरिएको भएपनि त्यसो हुन सकेको छैन । यसले गर्दा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । यसदिन अघिल्ला दिनको भन्दा कारोबार पनि घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.२१ अंकले घटेर २१३० विन्दुमा झरेको छ । नेप्सेमा ०.३४ अंकले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.१७ अंकले घटेर ४१४.४७ विन्दुमा पुगेको ।

यसदिन कुल २२७ कम्पनीको कारोबार भएको छ । ३० लाख २० हजार ६७ कित्ताको खदिबिक्री हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये १० वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ। बाँकी रहेका ३ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार भएको छ । बैंकको १२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।