
पोखरा, १० असोज । पोखरामा सन् २०२० को ९ महिनामा भएको वर्षाले ५० वर्षयताकै रेकर्ड ‘ब्रेक’ गरेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय, पोखराका प्रमुख वरिष्ठ मौसमविद् राजारामप्रसाद ढकालका अनुसार सन् २०२० को जनवरीदेखि हालसम ५ हजार ५९ मिलीमिटर अर्थात ५० वर्षभरिकै अत्यधिक वर्षा भएको हो । मनसुनी वर्षामात्रै ४ हजार ३ सय ९६ मिमि भएको छ । मनसुनी वर्षा यो ९ महिना अवधिमा भएको वर्षाको तुलनामा ८० प्रतिशत हुन आउँछ ।
यसअघि सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिमी वर्षा भएको रेकर्ड छ । त्यसबेला मनसुनी वर्षा ३ हजार ९ सय २० मिमी भएको थियो ।
साथै यस वर्षको सेप्टेम्बर महिनामा मात्रै हालसम्म ५० वर्षयताकै सेप्टेम्बरमा हुने वर्षाको अधिक वर्षा भएको छ । पोखरामा २६ दिन अवधिसम्म १ हजार ३ सय ५ मिमि वर्षा भएको हो ।
यसअघि सन् २००७ को सेप्टेम्बर महिनामा १ हजार १ सय ८६ मिमि वर्षा भएको थियो । सो रेकर्ड एक महिना अवधिमा हुने वर्षा तुलनामा अहिलेसम्म तोडिएको थिएन । पोखरामा सामान्यतया सेप्टेम्बर महिनामा सरदर ६ सय ४० मिमि वर्षा हुने गर्दछ । सरदर हुने वर्षाको दोब्बर अर्थात १ हजार ३ सय ५ मिमि वर्षा भएको हो । अझ दुइ-चार दिन मनसुन कायम रहेकोले यो संख्या बढ्न सक्ने अनुमान छ ।
हावापानी विज्ञान महाशाखाका अनुसार नेपालमा मनसुन जुनदेखि भित्रिएर सेप्टेम्बर २३ सम्म कायम रहने भएकोमा हाल बढेको हो । सेप्टेम्बर महिना मनसुनको अन्तिम महिना मानिन्छ ।
कास्कीको लुम्ले नेपालमै सबैभन्दा बढी पानी पर्ने क्षेत्र हाे। पोखरामा शुक्रबार साँझमात्रै करिब १३ मिमी वर्षा भएको थियो । वर्षाका कारण पोखराका सडकहरु जलमग्न भएका थिए । मुसलधारे वर्षा कारण पोखराको महेन्द्रपुल, पालिखेचोक, लेकसाइड, सिर्जनाचोक, सिद्धार्थचोक, राष्ट्र बैंक चोक, बिरौटा लगायतमा सवारी आवातजावतमा समेत समस्या भएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



