साताको पाँचौ दिन पनि सेयर बजार राताम्मै, १ अर्ब ३० करोड बढीको कारोबार

-



     सफल आवाज    
     जेठ २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० जेठ । लगातार नेप्सेमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सेयर कारोबार भएको अन्तिम तथा लगातार सेयर ओरालो लागेको पाँचौ दिन सेयर बजार राताम्मै भएको छ ।

सम्पूर्ण सूचकहरु ऋणात्मक भएका छन् । सेयर बजारको यो दृश्यले लगानीकर्ताहरुकाे मनोवल माथि उठेन । अब पर्ख र हेरको अवश्थामा पुगेको छ ।

एकथरिले नेपाल राष्ट्र बैंकले लगाएको ४/१२ को सेयर कर्जाको मापनलाई पुनरावलोकन गर्नुपर्छ भनिरहेका छन् भने एकथरिले बजेट आईसकेकोले अब अर्थक्षेत्रमा सुधारका संकेत देखिनु पर्छ भन्ने रहेको छ ।

अर्को कुरा स्थानिय तहको निर्वाचनमा दलहरुले चलाएको रकमकलमको शुभ संकेत बैंक तथा वित्तीय संस्थाहरुमा नदेखिएको केहि बैंकरहरुले बताएका छन् । एक बैंकरले भनिन्, पैसाे कहाँ गयाे ? हामीले अब त डिपाेजिट बढ्ला भन्ने साेचेका थियाै तर त्यसाे भएकाे छैन ।

यसदिन नेप्से परिसूचक ३३.७६ अंकले घटेको छ । यसरी घटेको नेप्से २०७८.७० विन्दुमा झरेको छ । नेप्सेमा १.६० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.१८ अंकले घटेर ४०३.४८ विन्दुमा रहेको छ ।

कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ३८ लाख ४८ हजार ५०८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा यसदिन एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ६ करोड २३ लाख ५५ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।