
काठमाडौं, १० असोज । नेपालमा १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गएको २४ घण्टामा भएको परीक्षणमा १ हजार २ सय ७ जना संक्रमित थपिएको जनाएका हुन् । उनका अनुसार कुल संक्रमित मध्ये देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा नेपालमा १० हजार १९ जनाको पीसीआर परीक्षण भएको हो ।
यसैगरी, गएको २४ घण्टामा १ हजार १ सय ४७ जनाले कोरोना जितेका छन् । यो सहित कुल निको हुनेको संख्या ५३ हजार १५ पुगेको छ । कोरोनाबाट निको हुने ७३.८ प्रतिशत रहेको छ ।
आइसीयूमा हाल देशभर २ सय २४ जना र भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ ।
हाल ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु ७ वटा छन् । जसमा मोरङ, सिरहा, ललितपुर, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । संक्रमित शून्य जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु हुन् । विश्वभर कोरोना प्रभावका कारण नेपालमा ७६ हजार ९ सय ६७ जना नेपालीहरु विदेशबाट फर्किए ।
यसैबीच, नेपालमा संक्रमित संख्या दिनानुदिन बढ्दा यो कुन चरणमा पुग्यो भन्नेबारे यकिन छैन । सबैको एकमत पाइँदैन । सरकारी अधिकारीहरु नेपाल क्लस्टर अफ केस चरणमा रहेको दाबी गर्दा जनस्वास्थ्यका विज्ञहरुले राजधानीलगायत केही स्थानमा समुदायस्तरमै फैलिसकेको दाबी गर्दै आएका छन् । तर सोको पुष्टि कसैले गर्न सकेको छैन । यसै विषयलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समुदायबाट रगतको नमूना संकलन गरी एन्टिबडी परीक्षण गर्ने तयारी गरेको जनाएको छ ।
डब्लूएचओको प्राविधिक सहयोगमा आगामी दसैँ पर्वसम्म समुदायमा कोरोना भाइरसको अवस्था पत्ता लगाउन यो परीक्षण गरिसक्ने महाशाखाको लक्ष्य छ ।
साथै, कोरोना भाइरस केही होइन भनी सामान्य रुपमा नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ । प्रवक्ता डा. गौतमले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै मिलेर कोरोनाविरुद्ध सचेत रहँदै दैनिक जीवनयापन गर्नुको विकल्प नरहेको बताए । उनले अत्यावश्यक काम नपरी सकेसम्म घरबाहिर नजान पनि दोहोर्याएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



