कंगोमा नेपाली सेनाका जवान कुटिए, जंगी अड्डाले शुरु गर्यो छानबिन

-



     सफल आवाज    
     असाेज १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० असोज । नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन शुरु गरेको छ । शान्ति स्थापनार्थ त्यहाँ तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृत छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सेनाले बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको जानकारी दिइएको छ । अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।

सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ । सैनिक जवान नवराज माझीलाई तीन अधिकृतले कुटपिट गरेका थिए । कुटपिटमा इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न भएको आरोप छ ।