
सिन्धुपाल्चोक, २१ जेठ । सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि चार अर्ब ६० करोड ६७ लाखको बजेट छुट्टाइएको छ । सङ्घीय सरकारको आर्थिक वर्ष २०७९÷८० विनियोजित बजेटबाट १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ ।
सो नगरपालिकाले ६५ करोड ६८ लाख पाँउदा भोटेकोशी गाउँपालिकाले २६ करोड आठ लाख प्राप्त गरेको छ । यसैगरी मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख र लिसङ्खुपाखर गाउँपालिकाले ३० करोड ८३ लाख प्राप्त गरेको छ ।
यस्तै सुनकोशी गाउँपालिकाले ३६ करोड ३१ लाख, बलेफी गाउँपालिकाले ३३ करोड ९५ लाख र जुगल गाउँपालिकाले ३३ करोड ८२ लाख प्राप्त गरेको छ । यसैगरी ईन्द्रावती गाउँपालिकाले ४४ करोड आठ लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ३३ करोड एक लाख र हेलम्बु गाउँपलामिमा ३० करोड छुट्ट्याको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




