महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छः मन्त्री नेम्वाङ

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित



पाँचथर, ११ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको बताएका हुन् ।

‘ठूला पूर्वाधारका आयोजना द्रुत गतिमा अघि बढाउनुका साथै सेवा प्रवाहका क्षेत्रलाई चुस्त पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्न सरकार लागि परेको छ”, मन्त्री नेम्वाङले भने ।

जनताका आकांक्षालाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै मन्त्री नेम्वाङले जनता निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे ।