श्वेत गंगा हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २३ जेठ। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले आजदेखि करिब १६ लाख कित्ता सेयर निष्काशन तथा बिक्रिमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर जारि गरेकाे हाे ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्य दरकाे १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे हाे । साे सेयरमध्ये आयोजनाको संरचना रहेको रामेछापकाे लिखु तामाकोशी गाउँपािलकाका वडा नं. २, ३ र ४, ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ४, ५, ६, ७, ८ र वडा नं ९ का लागि रहेकाे छ ।

साे सेयरकाे ७० प्रतिशत, ११ लाख १५ हजार १०० कित्ता सेयर प्रसारण लाईन पर्ने रामेछापकाे लिखु तामाकोशी गाउँपािलकाका वडा नं. ५, ६ र ७ र मन्थली नगरपालिकाका वडा नं. ११, १२ र १३ र रामेछाप नगरपािलकाका वडा नं. १ र वडा नं ३ का जनताकाे ३ लाख ९८ हजार २५० कित्ता रहेकाे छ ।

यस्तै रामेछापकाे लिखु तामाकोशी गाउँपालिकाकाे वडा नं. १ र ओखलढुङ्गाकाे लिखुकाे वडा नं. १, २ र ३ का लागस ७९ हजार ६५० कित्ता रहेकाे छ ।

सेयरमा असाार ६ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे म्यादभित्र मागबमाेजिमकाे निवेदन पेस नभएमा असार २१ गतेसम्म निवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल एसबिआई बैंक, सांग्रिला डेभलपमेन्ट बैंक मन्थली र कम्पनीको आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।