लगानीकर्ताले सेबाेनमा बुझाए १९ बुँदे ज्ञापनपत्र, माग संवोधन गर्न तयार : अध्यक्ष हमाल

-



     सफल आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ जेठ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले समस्यामा रहेको पूँजी बजारको सुधारका लागि बोर्ड सकारात्मक रहेको बताएका छन् ।

सेयर लगानीकर्ताहरुको पूँजी बजार बिस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोईरालाको नेतृत्वमा गएको टोलीले बुझाएको १९ बुँदे ज्ञापनपत्र बुझ्दै सेबोनका अध्यक्ष हमालले भने, हामी तपाँइहरुका मागका बारेमा जानकार रहेका छौं । बोर्ड सकारात्मक रहेकोले मागहरुको संवोधन गर्न प्रतिवद्ध छौं।

हमालले लगानीकर्ताको मागका बारेमा समयसिमा नतोकेकाे भएपनि समस्या समाधानका लागि बोर्डले कार्य थालनि गरिसकेको बताए । उनले बोर्डले पूरा गर्न नसक्ने मागहरुका बारेमा सरोकार राख्ने निकायहरुसंग समन्वय गर्ने पनि बताए ।

यसैबीच, सरकारले पटक पटक मागहरु संवोधन गर्छु भन्दै आएपनि संवोधन नगरेको र पूँजी बजार झन्झन् संकटमा पर्दै गएकोले आफ्ना मागहरुसहित संघर्ष समितिका संयोजक तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् ।