सुनका गहनासहित दुई पक्राउ

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित



कञ्चनपुर, ११ असोज । भारतबाट ल्याएका सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ बाट दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालयकाे प्रहरी टोलीले नेपालतर्फ आएका दुवैलाई सुनका गहनासहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन । दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका गहना बरामद गरिएकाे छ । उनिहरूमाथि थप अनुसन्धान भईहेकाे प्रहरीले बताएकाे छ ।