एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     जेठ २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ जेठ । एनआईसी एशिया बैंकको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्रीमा ल्याएको थियो ।

बीज पूँजीबापत् १ करोड ५० लाख कोषको प्रवर्धक रहेको एनआईसी एशिया बैंकको लागि सुरक्षित गरिएको छ । बाँकी भएको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि रहेको छ । सो फण्डमा घटिमा १०० बढीमा १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।

यो बन्दमुखि योजना हो । ७ वर्षे अवधिको योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन् ।