बुधबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     जेठ २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ । चाँदीमा सामान्य ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाल सुन स्थिर रहेर मंगलबारकै भाउ तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा करोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बृद्धि भई तोलाको १ हजार २८० रुपैयाँमा कारोकार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।