अजोड ईन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबिच संम्झौता

-



     सफल आवाज    
     जेठ २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ जेठ । अजोड ईन्स्योरेन्स लिमिटेड र बटेश्वर गाउँपालिकाबिच बीमा सेवा विस्तारको लागि सम्झौता भएको छ ।

यहि जेठ २५ गते ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले संम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकाय संग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न भएको बताइएको छ ।