यूनाइटेड इन्स्योरेन्सका अध्यक्ष रवि भक्त श्रेष्ठद्धारा सपथ ग्रहण

-



     सफल आवाज    
     जेठ २७ गते २०७९ मा प्रकाशित




काठमाडौं, २७ जेठ । यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि.को संचालक समितिको नवनियुक्त अध्यक्ष रवि भक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम जेठ २६ गते अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।

यूनाइटेड इन्स्योरेन्सको यहि जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष पदका लागी रवि भक्त श्रेष्ठ चयन भएका थिए ।

सो पश्चात कम्पनीको केन्द्रीय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।