सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार सोमबारदेखि खुल्ने

-



     सफल आवाज    
     जेठ ३० गते २०७९ मा प्रकाशित



काठमाडाैं, ३० जेठ । सिवाईसी नेपाल लघुवित्त संस्थाकाे सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने भएकाे छ । लघुवित्तकाे आईपीओ अस्ति नेप्सेमा सूचीकृत भएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमबारबाट मात्रै सेयर कारोबारमा आउने भएकाे छ।

लघुवित्तको कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जान सूचीकृत भएको छ। साे सेयरमा संस्थापक समूहको ८ लाख २१ हजार ८२ कित्ता र सर्वसाधारणको ३ लाख ९५ हजार ३३६ कित्ता रहेकाे छ ।

लघुवित्तले सेयर कारोबारका लागि ‘सीवाईसीएल’ कारोबार संकेत पाएकाे छ। पहिलो कारोबारगर गर्नका लागि घटिमा ३४४.३६ रुपैयाँ र बढीमा १०३३.०८ रुपैयाँको ओपनिङ रेन्ज पाएकाे छ।