राष्ट्र बैंकले आज २० अर्बकाे ट्रेजरी बिल बोलकबोल गर्दै

-



     सफल आवाज    
     जेठ ३० गते २०७९ मा प्रकाशित



काठमाडाैं, ३० जेठ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे छ । बैंककाे ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज हुन लागेकाे हाे।

राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्न लागेकाे छ । याे भदौकाे २८ गते परिपक्व हुनेछ।  यस्तै १८२ दिनकाे लागि ४ अर्बकाे ट्रेजरी बिल जारी हुन लागेकाे छ । यो मंसिर २७ गते परिपक्व हुनेछ। अर्काे ३६४ दिनकाे ११ अर्बकाे ट्रेजरी बिल रहेकाे छ । जाे २०८० जेठ ३० गते परिवक्व हुनेछ । 

राष्ट्र बैंकले तीनवटै ट्रेजरी बिलको दिउँसो ३ बजे अनलाइनमार्फत बोलकबोल हुने जनाएकाे छ। यसका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारणले सहभागिता जनाउन सक्ने भएका छन्।