घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।पहेंलो धातु छापावाल सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी रुपैयाँ १५ ले घटेर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।