
काठमाडौं, ३० जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन साेमबार नेपाली सेयर बजार राताम्मै भएको छ । कुनै सयममा २० अर्ब नाघेको नेप्सेको कारोबार अहिलेका दिनहरुमा अर्बभन्दा तल ८८ करोडसम्म झरिसकेकाे छ ।
८८ करोडसम्मको कारोबार झरिसकेको नेप्सेमा आज थोरै सुधार भएपनि काराेबा रकमले अर्बको घेरोलाई भने उछिन्न सकेन । यसदिन कारोबार ९९ करोड केही बढीमा सिमित भएको छ । नेप्सेमा आएको गिर्दो परिवेशले लगानीकर्ताहरुको मनोवल घटाएको छ । कहिले सुधार हाेला भन्ने उत्सुकता कायमै रहेकाे छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.८२ अंकले घटेको छ । यसरी घटेको नेप्से २०३२ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स २.३० अंकले घटेर ३८९.९५ विन्दुमा रहेको छ ।
कुल २३० कम्पनीको सेयर खरिदबिक्री भएको छ । २९ लाख २० हजार ७०५ कित्ता सेयरको खरिदबिक्रीबाट ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी सानिमा बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ९ करोड १ लाख ६१ हजार ५७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ग्रीन भेन्चर्स तथा बलेफी हाइड्रोपावर सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा बढी घटेको छ । कम्पनीकाे सेयरमूल्य ५.४० प्रतिशतले घटेकाे छ । यसरी घटेकाे सेयरमूल्य १ हजा ४७ रूपैयाँ २० पैसा कायम भएकाे छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




